भारतमा २१ दिनसम्म पूर्ण ‘लक डाउन’

चैत ११, एजेन्सी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजै मध्यरातिबाट लागु हुनेगरी पूर्ण ‘लक डाउन’ घोषणा गरेका छन् ।

‘हिन्दूस्तानलाई बचाउनका लागि राती १२ बजेदेखि लागु हुनेगरी पूरै देशमा पूर्ण लकडाउन गरिनेछ । यो जनता कफ्र्यूभन्दा निकै कडा हुनेछ,’ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले भने, ‘बाहिर निस्कनु के हो यी २१ दिनका लागि भुलिदिनुस् । यी २१ दिन हामीले आफुलाई सम्हाल्न सकेनौँ भने देश २१ वर्ष पछि धकेलिनेछ ।’

कोरोनाविरुद्ध लड्न सामाजिक दूरी कायम राख्नुको विकल्प नरहेको उनले बताए । उनले यस अवधीमा हरेक राज्य, जिल्ला, गल्ली र गाउँ लकडाउन हुने बताए । सरकारले अत्यावश्यक सबै कुराको तयारी गरेको उनले बताए । उनले सबै जनतासामु सरकारले लागु गरेका नियम पालना गर्न अनुरोध गरे । यसअघि गत आइतबार पनि भारतमा लकडाउन भएको थियो ।