भारतमा बाढीबाट सय भन्दा बढीको मुत्यु

असोज १५, काठमाडौं – भारतको बिहार र उत्तर प्रदेशमा अत्याधिक वर्षा र बाढीका कारण एक सय भन्दा धेरैको मृत्यु भएको छ ।

पछिल्लो ५ दिनमा परेको वर्षाले बिहार र उत्तर प्रदेशमा ठूलो क्षति भएको हो । उत्तर प्रदेशमा मात्रै ७३ जनाको मृत्यु भयो । बिहारमा २९ को ज्यान गएको हो ।

बिहारको राजधानी पटनासहित धेरै सहरमा स्कुल तथा क्याम्पस वर्षाकै कारण बन्द गरिएका छन् । बाढीबाट थुप्रै जिल्ला प्रभावित बनेका छन् ।