भाजपाको नयाँ अध्यक्षमा जेपी नड्डा

माघ ७, काठमाडौं – भारतीय जनता पार्टीको नयाँ अध्यक्षमा जगत प्रकाश नड्डा निर्वा्चित चुनिएका छन्। उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नेता भनेर पनि चिन्ने गरिन्थ्यो।

सोमबार पार्टीको अध्यक्षका रुपमा नड्डालाई निर्वा्चित गराएको भाजपाका नेताहरूले बताए।

यो सँगै उनी भाजपाका लागि ११औं अध्यक्षका रुपमा चुनिएका हुन्। नड्डाले विगत ६ महिनादेखि कार्यवाहक अध्यक्षको रुपमा काम गर्दै आएका थिए।

भाजपाका तत्कालीन अध्यक्ष अमित शाह गृहमन्त्रीमा निर्वा्चित भएपश्चात पार्टिमा अध्यक्षको खाँचो भएकाले सोही खाँचोलाई पूरा गर्न उनलाई औपचारिक रुपबाट नै सोमबार पार्टीको अध्यक्षको रुपमा चुनिएको भारतीय जनता पार्टीका नेताले बताए।