भर्ना भएका बिरामीलाई पाँच हजार सहयोग

बैशाख ३१, काठमाडौं – नागार्जुन नगरपालिकाले बन्दाबन्दी ९लकडाउन०को समयमा नगरभित्रका बिरामीलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस ९कोभिड १९०का कारणले उपचार खर्च अभाव नहोस् भनेर ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला र सुत्केरी सबैलाई जनही रु पाँच हजार दिन थालिएको नगरपालिकाका प्रमुख मोहनकुमार बस्नेतले जानकारी दिए ।

उनले अस्पतालमा भर्ना भएका बिरामीलाई रकम उपलब्ध गराइएको जानकारी दिए । नगरपालिकाले लकडाउनका बीचमा छ महिनासम्मका सुत्केरी र शिशुलाई समेत जनही रु पाँच हजार उपलब्ध गराउँदै आएको छ ।   अहिलेसम्म १० बिरामीले आर्थिक सहयोग लिएका छन् ।

यसैगरी नगरपालिकाबाट सञ्चालित खानेपानीमा दुई महिनाको महसुल छुट गरिएको छ । लकडाउनका समयमा कहीँकतै आम्दानीको स्रोत नभएपछि नगरवासीलाई दुई महिनाको खानेपानी महसुल छुट गरिएको प्रमुख बस्नेतले जानकारी दिए ।  उनका  अनुसार चैत र वैशाखको खानेपानी महसुल छुट गरिएको हो । नगरपालिका मातहतका ४० उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आएको छ ।

ती उपभोक्ताले रु ६०० देखि चार हजारसम्म चैत र वैशाख महिनाको छुट पाउनेछन् । यसैगरी नगरपालिकाले लकडाउनका समयमा पनि विकास निर्माणका कामलाई निरन्तरता दिएको छ । उपप्रमुख सुशीला अधिकारीले लकडाउनका समयमा सडक, विद्युत्को पोल गाड्ने र खानेपानीका काम सञ्चालन भएको बताउनुभयो । अधिकारीले  कामदारलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराएर कामलाई निरन्तरता दिएको बताइन्  ।

अहिले प्रत्येक वडामा सडक निर्माणको काम भइरहेको छ । नगरपालिकाले सीतापाइला, रामकोट, भीमढुङ्गा, धादिङ सडकखण्डको ११ किलोमिटर बाटोसमेत बनाइरहेको उपप्रमुख अधिकारीले बताइन्  ।

रासस