भक्तपुर नापी कार्यालयका दुई कर्मचारी विरुद्ध मुद्दा दायर

असोज ३०, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका नापी सर्वेक्षक सिद्धराज जोशी र वीरभद्र जोशीविरुद्ध मुद्दा दायर गरेको छ ।

नापी सर्वेक्षक सिद्धराजले जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भइ फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी गरी अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।