ब्राइटनको रंगशालामा कोरोना परिक्षण केन्द्र

बैशाख ८, एजेन्सी – इंग्लिस क्लब ब्राइटनको रंगशालामा कोरोना भाईरसको परिक्षण केन्द्र बनाईएको छ ।

इंग्ल्यान्डको दक्षिणी क्षेत्रको कोरोना प्रभावितको परिक्षणको लागि एमेक्स स्टेडियमलाई परिक्षण केन्द्रको रुपमा विकास गरिएको हो ।
यस क्षेत्रको सबैभन्दा ठुलो अस्थाई परिक्षण केन्द्रको रुपमा ब्राइटनको रंगशाला प्रयोग गरिएको हो ।

कोरोनाको कारण प्रिमियर लिग स्थगित रहेको छ । जसको कारण धेरै क्लबका रंगशालालाई कोरोना प्रभावितको उपचारको रुपमा प्रयोग गरिएको छ ।