बैंकमा साइबर सुरक्षाको अवस्था

असोज २३, काठमाडौं – पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा देखीएको घटनाले यस क्षेत्रमा साइबर सेक्युरिटीको सुरक्षा अवस्था जोखिपूर्ण छ भन्ने कुराको सर्मथन गर्छ । यो विषयले बैंकरहरुलाई चिन्तित बनाएको छ ।

साइबर अट्याक जहाँसुकै र जहिलेसुकै पनि हुनसक्छ । वर्षौ लगाएर कमाएको नाफा एक मिनेटमै गायब नहोला भन्न सकिन्न । त्यसैले सूचना प्रविधिमा गरेको लगानी भनेको नाफाका लागि हो । नाफा बढाउनका लागि पनि आइटीमा लगानी बढाउनु जरुरी देखिन्छ ।

नेपालमा मात्र होइन विश्वमा नै एटिएम तथा बैंकिङ ह्याकिङका घटना बढीरहेका छन् । अमेरिकामा समेत ठूला ठूला साइबर हमला भएका छन् । अमेरिका जस्ता देशले साइबर सुरक्षा राष्ट्रिय सुरक्षा नीतिको प्राथमिकतामा राख्दै आएको छ । तर,पनि हमालाहरु भइरहेका छन् । नेपालमा भने पछिल्लो समयमा यस प्रकारको घटना देखीएको बताउदै यसको चुनौतिहरुलाई हल गर्दै अगाडी बढेको नेपाल बैंकर एशोसियनका अध्यक्ष समेत रहेका नेपाल बंगलादेश बैंकका सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना बताउछन् ।

‘डिजिटल कारोबारबाट निक्षेपकर्ताहरुलाई सुविधा बढनुका साथै जोखिम पनि बढ्यो,’ उनी भन्छन्‘साइबर सुरक्षामै लगानी बढाउँदै लैजाने योजनामा सबै बैंकहरु लागिसकेका छन् ।’ ह्याकिङको घटना भएपनि यसको जिम्मेवारी स्वंम बैंकले लिने हुदा निक्षेपकर्तालाई ढुक्कसगँ सम्बन्धीत बैंकसग कारोवार गर्न उनको आग्रह छ ।

केही साताअघि ह्याकरले नेपालको एटिएमको स्वीच सिष्टम नै ह्याकिङ गरेर पैसा निकालेपछि बैंकहरुमा साइबर सुरक्षाको बारेमा गम्भीर बहस सुरु भएको छ । यसले सर्वसाधारण निक्षेपकर्तामा समेत बैंकिङ सुरक्षाप्रति केही आशंका जन्माएको छ ।

नेपाल राष्ट्र बैंकले समेत साइबर सुरक्षामा लगानीका साथै परिक्षण गरिएका तथा अन्र्तराष्टिय रुपमा प्रयोगमा आएका हार्डवर्यर सफटवर्यरका लागि निर्देशन दिइसकेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी निरौँलाले बताए ।

कोर बैंकिङ सिस्टममा ह्याकिङ नभएर सिस्टममा मात्र ह्याकिङ भएको बताउदै उनले नेपाल राष्ट्र बैंकले सम्पर्ण बैंकहरुलाई निगरानी गरेकाले ढुक्कसगँ कारोबार गर्न निक्षेपकर्तालाई प्रवक्ता निरौलाको आग्रँह छ ।

अर्काेतर्फ राज्यले यसको संवेदनशीलता बुझेर त्यहीअनुसार पूर्व तयारी गरेको छैन । यस्तै देशमा पछिल्लो समय विश्वका ह्याकरहरुले आँखा लगाउन थालेका छन् । युरोपियनदेखि चिनियाँ ह्याकरहरु आउन थालेका छन् । जसकारण नेपालको बैंकिङ क्षेत्र निकै जोखिममा रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

नेपालमा अहिलेसम्म ६ किमिसमबाट बैंकिङ तथा एटिएम ह्याकिङ भएका छन् । नेपालमा एटिएम ह्याकिङको सुरुवात चिनियाँ नागरिकले नै गरेका हुन् । करिब १२ वर्षअघि पीन नम्बर चोरेर नक्कली एटिएमबाट पैसा निकाल्ने एउटा चिनियाँ गिरोह नेपालमा समातिएको थियो ।

बैंकहरूले सुरक्षामा लगानी गर्न कन्जुस्याइँ गर्दा एटिएमप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । पछिल्लो ह्याकिङको घटनाबाट बैंकहरु थप संवेदनशील हुनुपर्ने अवस्था आएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटी बताउँछन् ।

एटिएम मात्र नभई बैंकले प्रयोग गरेका अन्य प्रविधि र सुरक्षामा पनि समस्या रहेकाले बैंकमा आइटीसम्बन्धी दक्ष कर्मचारीहरु राख्नुपर्ने सुझाव उनको छ ।