बेल्जियमसँग रसिया ४–१ ले पराजित

मंसिर १, एजेन्सी –युरोपकप छनौट अन्तरगत शनिबार भएको खेलमा रसिया बेल्जियमसँग ४– १गोल अन्तरले पराजित भएको छ।

समूह ’आई’ अन्तरगत भएको खेलमा रसियालाई पराजित गर्ने क्रममा बेल्जियमका लागि हजार्ड दाजुभाइ र रामेलु लुकाकुले गोल गरे। यस क्रममा इडन हजार्डले दुई गोल गरे भने थोर्गन हजार्डले एक गोल गरे।

रसियालाई पराजित गरेको बेल्जियम युरोकपमा छनौट भइसकेको छ। यस्तै रसिया पनि युरोकपको छनौट भइसकेको टोली हो।

बेल्जियमका लागि इडनले खेको ३३ र ४० औं मिनेटमा गोल गरे। त्यसअघि उनका भाइ थोर्गन १९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यस्तै लुकाकुले खेलको ७२ औं मिनेटमा गोल गरे।

रसियाका लागि जोर्जी डिजकियाले खेलको ७९ औं मिनेटमा एक गोल फर्काएका थिए।