वर्षायाममा कसरी रहने स्वास्थ्य ?

असार १५, काठमाडौं –बर्षा मौसम शुरु भएको छ । बर्षामा पनि स्वास्थ्यलाई बिशेष ध्यान दिनुपर्दछ वर्षायाममा रोग फैलाउने कीटाणु सक्रिय हने भएकाले सरसफाइमा पनि ध्यान दिनु पर्दछ । बर्षा मौषममा कसरी स्वास्थ्य रहेको भन्ने बारेमा केही टिप्स –

सरसफाइमा बिशेष गरि ध्यान दिनु पर्दछ । त्यसैले खाना खानुअघि साबुनपानीले हात धुने, बासी खानेकुरा नखाने, सफा कपडा लगाउने, घरको नियमित सरसफाइ गर्नेजस्ता क्रियाकलापमा ध्यान दिनु जरुरी छ ।

धोएर पूर्ण रूपमा सुकेका कपडा र जुत्ता मात्र लगाउने गरौँ । राम्ररी नसुकेका कपडा लगाउँदा एलर्जीलगायत समस्या आउन सक्छ ।

हरिया तरकारी र फलफूल प्रशस्त मात्रामा खानुपर्दछ । तरकारी र फलफूललाई राम्ररी पखालेर मात्र खाने र पकाउने गर्नुपर्दछ ।

त्यस्तै यो समयमा घरवरिपरि पनि सरसफाइ गर्नुपर्दछ । घरवरिपरि झाडी, र पानी जम्न दिनु हुदैन । खुला ठाउँमा भन्दा झाडीमा बढी लामखुट्टेको वास हुन्छ । डेंगु, मलेरियाजस्ता रोगको रोग सार्न सक्दछ ।

उमालेको पानी प्रशस्त पिऊनु पर्दछ । उमालेको पानीले पानीजन्य रोगबाट टाढा राख्छ ।