बरिष्ठ सौन्दर्यबिद् श्रेष्ठ भन्छिन, “ब्यूटी पार्लर ब्यबसायीका समस्या सरकारले वास्ता गरेन ।”

साउन ८, काठमाडौ- कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण मानिसहरु घरमै बस्न बाध्य भए । व्यपार, व्यावसाय, यातायात, सभा गोष्ठी,पार्टी जस्ता समारोहहरु ठप्प भए । यसको चौतर्फी असर परेसंगैे ब्युटि पार्लर व्यवसाय पनि नराम्रो गरि थला पर्यो । करिब ३ महिना पछि सरकारले लकडाउन खुल्ला गरेको छ । अन्य ब्यबसायहरु सञ्चालन गर्न अनुमति दिएपनि ब्युटिपार्लर खोल्न सरकारले हालसम्म अनुमति दिएको छैन । यसका कारण ब्युटिसियनहरु समस्यामा परेका छन् । कतिपय ब्युटिसियनहरुको रोजीरोटी गुमेको छ भने कतिपय यो क्षेत्रबाट बिस्थापित बनेका छन् । यसै सन्र्दभमा इमेल खबर डटकमले बरिष्ठ सौन्दर्यबिद् कमला श्रेष्ठसंग कुराकानी गरेको छ । प्रस्तुत छ उनिसंग गरिएको कुराकानीको सम्पादित अंश –

कोरोना महामारीका कारण सौन्दर्य ब्यबसायमा कस्तो असर परेको छ ?

कोरोना महामारी शुरु भएपश्चात सबैभन्दा बढी असर गरेको ब्यबसाय नै सौन्दर्य ब्यबसाय हो । करिब चार महिनासम्म यो क्षेत्र ठप्प जस्तै छ । यो क्षेत्रमा अधिकांश महिलाहरुको बाहुल्यता रहेको छ । आत्मानिर्भर बन्नका लागि महिलाहरुले यस ब्यबसायहरु गरेका हुन्छन् । अहिले करिब अढाइ लाख सौन्दर्यबिद्हरु समस्यामा परेका छन् । कतिपयको रोजीरोटी गुमेको छ । कतिपयले त यो क्षेत्र छोडिपनि सकेका छन् ।

अन्य क्षेत्र भन्दा यो क्षेत्रमा जोखिम बढि छ नि है ?

हो, सहि भन्नुभयो । अन्य क्षेत्रमा स्वास्थ्य मापदण्ड पुरा गरेर ब्यबसाय सञ्चालन गर्न सकिन्छ । तर यो पेशामा ति कुराहरु लागु हुन सक्दैनन् । जस्तै माक्स, सेनिटाइज र भौतिक दुरी कायम गरेर सेवा दिन सकिदैन । सेवा लिने र दिने दुबै प्रत्यक्ष संलग्न हुनुपर्दछ । जसले गर्दा यो पेशा एकदमै चुनौतीपुर्ण छ । जस्ले गर्दा ग्राहकहरु पनि पार्लर अउन डराउने गरेका छन् । ब्युटिसियनहरुले भने आम्दानीको आशमा पार्लर सञ्चालन गरिरहेका छन् ।

सरकारले जोखिमलाई मध्यनजर गर्दै पार्लर सञ्चालन अनुमति दिएको छैन । तर पार्लरहरु त खुल्लै छ नि ?

सरकारले हालसम्म पार्लर सञ्चालनका लागि अनुमति दिइसकेको छैन । तर ब्यबसायीहरुले सञ्चालनमा ल्याएका छन् । प्राय जसो पार्लरहरु घरभाडामा सञ्चालित छन् । पार्लर सञ्चालन नगरे पनि भाडामा छुट गरेका छैनन् । त्यसका लागि पनि ब्युटिसियनहरुले पार्लर सञ्चालनमा ल्याएका हुन् । कतिपयहरु सञ्चालकहरुको मुख्य आम्दानी नै पार्लर रहेको छ । लामो समय बन्द हुदा समस्या भोगिरहेका छन् । केहि आम्दानीको आश सहित अहिले पार्लर सञ्चालनमा छन् ।

पार्लर सञ्चालनमा छन् । तर ति सामान्य सुरक्षाका मापदण्ड पनि पुरा भएको देखिदैन नि ?

मैले अघि नै भने यो पेशामा सुरक्षाका मापदण्डहरु पुरा गर्न सकिदैन । तर पार्लरमा पनि अपनाउने सुरक्षा अपनाएका छैनन् । पार्लर ब्यबसाय सानो पुजिँमा सञ्चालन भएको हुन्छ । ब्यबसायीहरुले सुरक्षाका सामाग्रीहरु खरिद गर्न सक्ने क्षमता पनि हुदैन । हामीले बिभिन्न स्थानमा निरिक्षण पनि गरिरहेका छौं । सकेसम्म सुरक्षा अपनाउनका हामीले अपिल भने गरिरहेका छौ ।

केहि समय अगाडि सरकारसंग बिभिन्न मागहरु राख्नु भएको थियो ति मागहरु सुनुवाई भए कि भएनन् ?

कोरोना महामारीका कारण धेरै महिला दिदीबहिनीहरु समस्यामा पर्नु भयो । हामीले सरकारसंग घरभाडा छुट देखि राहतको ब्यबस्था गरिदिन माग गर्यौ । सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल लगायतका मन्त्रीहरुसंग भेट्यौ । ज्ञापनपत्र बुझायौ तर हाम्रो माग कतैबाट पनि सुनुवाइ भएन । हामीले यो पेशामार्फत बार्षिक लाखौै कर सरकारलाई बुझाउदै आएका छौं । तर यो पेशामा ब्यबसायीहरु समस्या पर्दा सरकारले वास्ता गरेन । हाम्रा मागहरु सम्बोधन भएनन् । सरकारले हालसम्म कुनै चासो देखाएको छैन ।

यो ब्यबसायमा लामो असर पर्ने देखिन्छ, अब कसरी अगाडि बढ्ने योजना बनाउदै हुनुहुन्छ ?

अहिलेको अवस्थालाई हेर्दा यो पेशामा सामान्य रुपमा फर्कन करिब १ बर्ष लाग्ने देखिन्छ । अहिलेको मुख्य कुरा भनेको बेरोजगारहरुलाई रोजगारी दिनु रहेको छ । अहिले हामीले देशभर करिब ५० हजार महिलाहरुलाई पुरुषको हेयर कटिङ तालीम दिने अभियानमा छौं । जसले गर्दा उनिहरुले आम्दानी गर्न सकुन् । यसकार लागि अन्तराष्ट्रिय सहयोग मागेका छौं ।
महिलाहरुका लागि भन्दा पुरुषहरुको कपाल काट्न प्राथमिकता भएकाले यो अभियान सञ्चालनको कार्यक्रम ल्याएका हौं ।