बढ्यो सुनको मुल्य — पुग्यो तोलाको ७१ हजार

साउन २८, काठमाडौं —सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको छ ।

साताको पहिलो र दोस्रो दिन छापावाला सुन तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै तेजाबी सुनको मूल्य तोलामा ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।