बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 

साउन १८, काठमाडौं – नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको निगमले बताएको छ।

निगमले मूल्य वृद्धिसँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र पेट्रोल र मट्टितेलको मूल्य ९० रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखेको जनाएको छ ।