बच्चाको नाम राख्दै हुनहुन्छ ? ख्याल गर्नुस यि कुरा

असोज १०,काठमाडौं – हरेक अभिभावक आफ्ना सन्तानको नाम सरल तथा युनिक होस् भन्ने चाहन्छन् । त्यसका साथै नाम पनि अर्थपूर्ण होस् भन्ने उनीहरूको चाहना हन्छ । अभिभावकहरूलाई राम्रा नाम खोज्न पनि निकै सकस पर्छ ।

बच्चाको नाम राख्दा यि कुराहरु ख्याल गर्नुपर्ने हुन्छ ।

–सजिलो नामको खोजी गर्नुपर्छ । सजिलो नाम राख्दा बोलाउन पनि सजिलो हुन्छ ।

बालबालिकाको नामको अर्थ राम्रो हुनुपर्छ । अर्थ नभएको नाम राख्नुहुँदैन ।

नामको अर्थ पनि सकारात्मक हुनुपर्छ ।

–धेरै अक्षरको नाम राख्नु हुँदैन । छोटो नाम राख्नुपर्छ ।

–परिवारको नामबाट पनि आफ्ना सन्तानको नामकरण गर्न सकिन्छ ।

नामकरण गर्दा जन्म समय तथा नक्षत्रमा पनि ध्यान दिनुपर्छ । बालबालिकाको नाम परम्पराअनुसार नै राख्नुपर्छ ।