बंगलादेशमा रेल दुर्घटना हुँदा १६ जनाको मृत्यु

कात्तिक २७, एजेन्सी – बंगलादेशमा रेल दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

दक्षिणी बन्दरगाह चितागंग जाँदै गरेको रेल ब्रह्मनबारियास्थित अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो ।

मृतकको शरिर अहिलेसम्म पोस्टमार्टम गर्ने प्रक्रियामा रहेको अधिकारीहरुले जनाएका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रधानमन्त्री शेख हसिनाले घटनाप्रति दुःख व्यक्त गरेकी छिन् ।

घटनाका पीडितलाई सहयोग गर्न आग्रह गरेकी छन् । बंगलादेशमा रेल दुर्घटना यसअघि पनि हुने गरेको थियो ।