फ्रेञ्च लिग –पीएसजीको प्रभावशाली जित

कात्तिक २, काठमाडौं – फ्रेञ्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी)ले लामो समयको ब्रेकपछिको खेलमा निसमाथि प्रभावशाली जित निकालेको छ । नौ खेलाडीमा झरेको निसलाई पीएसजीले चार –एकले हरायो ।

पीएसजीको जितमा एञ्जल डी मारियाले दुई गोल गरे । खेलको १५ औँ मिनेटमा मारियाको गोलमा पीएसजीले अग्रता बनाएको थियो । त्यसपछि २१ औं मिनेटमा फेरि मारियाले नै गोल गर्दै पीएसजीलाई दुई –शून्यले अगाडि राखे ।

यो जितसँगै पीएसजीले अंकतालिकामा दश खेलबाट २४ अंक बनाएको छ ।