फ्रान्सका पूर्व राष्ट्रपति ज्याकुसको निधन

असोज १०, काठमाडौं – फ्रान्सका पूर्व राष्ट्रपति ज्याकुस चिराकको ८६ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९९५ देखि २००७ सम्म देशको नेतृत्व गरेका उनी आधा शताब्दीसम्म राजनीतिमा सक्रिय नै रहेका थिए ।

१८ वर्षसम्म पेरिसको मेयर बनेका उनी दुई पटक राष्ट्रपति र दुई पटक प्रधानमन्त्री बनेका थिए ।