फोहोर वस्तुहरु मैदानमा फालेबापत म्यानचेस्टर सिटीलाई जरिवाना

कात्तिक १, एजेन्सी – खेल मैदानमा विभिन्न चिजहरु फ्याकेपछि युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत डाइनामो जाग्रेबविरुद्धको खेलमा सिटीका समर्थकहरुले फोहोर वस्तुहरु मैदानमा फालेका थिए ।

जसको कारण सिटीलाई युईएफएले १५ हजार ७५० युरो जरिवाना गरेको हो । यस्तै युईएफएले जाग्रेबलाई पनि २० हजार युरो जरिवाना गरेको छ ।