फूडमारियो—एप्स मार्फत खाना बेच्ने र किन्ने खुल्ला प्लेटफर्म

काठमाडौ-काठमाडौको दैनिकी दिन प्रति दिन व्यस्त बन्दै गइरहेको छ । ब्यस्तताले खाना पकाउने समय मिलाउन पनि गाह«ो हुदै गएको छ । कामको चापमा खाना वनाउन नपाउने र आफ्नो घरको किचेनमा सिप अनुसारको खाना वनाएर आयआर्जन गर्न चाहानेका लागि अहिले सजिलो उपाए वनेको छ फूडमारियो ।

फुडमारियो एक एप्स हो । जहाँवाट फूड विक्री गर्न र फूड किन्न पाइन्छ । रुची अनुसार सफा स्वच्छ खानाका लागि ग्राहक वीच लोकप्रिय वनेको छ, फुडमारियो । करिब २ बर्षअघि देखि सञ्चालनमा आएको फुडमारियोले छोटो समयमा खाने र खुवाउनेको रोजाई वनेको छ । फुडमारियो एप्स, यसका सेवाहरु र यस संग सम्वन्धित अन्य बिषयमा फुडमारियोका प्रमुख कार्यकारी अधिकृत रोहित तिवारीसंग इमेल खवरले गरेको कुराकानी ।

फुडमारियो कस्तो एप्स हो ?

फुडमारियो एक अनलाईन खाना एप्स हो यस एप्स मार्फत घरमा खाना बनाएर बिक्री गर्न र आवश्यकता अनुसार अर्डर गर्न पनि सकिन्छ । यो एक खुल्ला प्लेटफर्म हो, यहाँ आफ्नै भान्सामा खाना पकाएर सहज रुपमा व्यबसाय गर्न सकिन्छ ।

कसरी जोडिने फुडमारियोमा ?

सजिलो छ तरिका । खाना वेच्नेका लागि सामान्य हाईजेनीको विषय लगायतका केही नियमहरु पालना गरेक पछि हाम्रो एप्समा खाना र त्यसको मुल्य राखेर जोडिन सकिन्छ । खाना लिनेको लागि कुन खाना खाने हो एप्सवाटै त्यसको डिमान्ड गरेर आफु भएको स्थानमा सेवा लिन सकिन्छ ।

फुडमारियोको व्यावसयिक महत्व के छ ?

एउटा कुरा, यो आफ्नो घरको किचेन प्रयोग गरेर आफ्नो सिप अनुसारको खाना घर वाटै वेच्न सकिन्छ । यो व्यवसाय हो तर पनि रिस्क छ्रैन । इच्छा अनुसार काम गर्न पाइन्छ । प्रेसर छैन । अर्को कुरा, कार्यस्थलमा विना डेलिभरि चार्ज घरमा वनाएको खाना ग्राहकले पाउछ । यिनै हुन व्यवसयिक माहत्व भन्ने लाग्छ मलाई ।

फुडमारियोको यो सोचाई कसरी आयो नि ?

दुई बर्ष अगाडि म उद्यमशीलता बिउ बिजनको तालीम लिन पुगेको थिए । त्यस क्रममा नेपालमा केहि गरौ भन्ने छलफल भयो । एक पछि अर्को विजनेस गरे तर पनि भने जस्तो नभएको वेला म कुनै नयाँ कामको सोचाइमा थिए । यसै वेला अनलाइन फुड डेलिबरी बिश्वब्यापी रुपमा फैलिरहेको अवस्थामा नेपालमा नि यो काम गर्न सकिन्छ भन्ने सोर्चाई वन्यो ।

अनि सोचाइलाई व्यवहारमा कसरी अगाडी वढाउनु भयो ?

अव यो काम गर्छु भन्ने भए पछि फुडमारियोको डिजाइनमा म एक्लै लागे । साथीहरुको आवश्यक्ता अनुसार साथ लिए । सुरुवातको चरणमा साथीहरुको साथ एक महिना सम्म हामी अफिसमै वसेर काम गरेको छौ । एप्सको फिचरमा के के राख्ने भन्ने वारे धेरै छलफल गरेका छौ । यो एप्स नेपालमा पहिलो पटक सुरुवात भएको भए पनि बिदेशमा भने पुरानो हो । इन्टरनेट र प्रबिधिको बिकास हुदै गएको अवस्थामा यो काम प्रभावकारी होला जस्तो लाग्यो । हामी अगाडी वढ्यौ ।

अहिलेको अवस्थामा फुडमारियो कत्तिको प्रभावकारी रहेको छ ?

सुरुवाती चरण देखि नै यो एप्स प्रभावकारी रुपले अगाडि बढिरहेको छ । अहिलेको व्यस्ततामा समयको बचत फुडमारियोले गरेको छ । रुची अनुसारको खाना चाहेको वेला आवश्यक स्थानमा फ्रि डेलभरी भएकोले पनि होला अति नै प्रभावकारी भएको पाएका छौ ।

अहिले फुडमारियोको प्रयोगकर्ता कति रहेका छन् ?

फुडमारियोमा अहिले साठी हजार जति प्रयोगकर्ताहरु हुनुहुन्छ । यो एप्स अहिले काठमाडौंमा मात्र सञ्चालित छ । अहिलेको समय सम्म आइपुग्दा होम सेफहरु पनि बढेका छन । यो एप्समा ९० जना जति होम सेफहरु छन् । जसले गर्दा यस एप्सले रोजगारी समेत सिर्जना गरेको छ ।

यस एप्स मार्फत कम्पनीको आम्दानी चाँही के हो ?

आम्दानीको कुरा गर्दा हामीले होम सेफहरुबाट निश्चित प्रतिशत कटाउने गरेका छौं । खानामा हामीले ३० प्रतिशत र केक आइटमा २० प्रतिशत रकम लिने गरेका छौं । यहि हो हाम्रो कमाई । डेलिबरीको लागि भने हामीले चार्ज लिने गरेका छैनौं ।

अहिले दिनमा कति जति अर्डर आउछ ? सबेभन्दा बढी कुन खानाको अर्डर आउने गर्दछ ?

फुडमारियो मार्फत अहिले दैनिक करिब ४५० अर्डर आउने गर्छन् । यसमध्ये सबैभन्दा धेरै खानाकै आइटमको अर्डर आउने गर्दछ । जस्तै दाल, भात, तरकारी अनि विरयानीको विक्री राम्रो छ ।

यसलाई परिमार्जन गर्नका लागि के कस्ता योजनाहरु बनाउदै हुनुहुन्छ ?

अहिल फुडमारियोमा पैसाको कारोबार भइरहेको छ यसलाई हामी अनलाइन पेमेन्टको प्रक्रियामा लाने तरखरमा छौं । अहिले यो एप्स काठमाडौंमा मात्र सञ्चालित भइरहेको छ । यसलाई अझैं बिस्तार गर्ने योजानामा छौं । कर्मचारीको सुरक्षा र खानाको हाइजेनी मेनटेनमा नै हाम्रो चासो छ ।