‘प्रेमगीत–३’सँग जुध्ने भयो ’चपली हाइट–३’

मंसिर ११, काठमाडौं – व्यापारिक रुपमा सफल मानिएका फिल्म हुन, ‘प्रेमगीत’ र ‘चपली हाइट’। दुवै फिल्मको तेश्रो सिरिजि अब एकैदिन रिलिज हुने पक्का भएको छ।

‘प्रेमगीत–३’ले ६ महिनाअघि नै चैत–२८ गतेलाई आफ्नो रिलिज मिती तोकेको थियो। अब यही फिल्मसँग ‘चपली हाइट–३’ पनि जुध्न आइपुगेको छ। निर्माता अर्जुन कुमारले हालै फेसबुकमार्फत ‘हामी चैत २८ मा आउने भयौँ है’ भन्दै फिल्मको रिलिज मिती घोषणा गरेका छन्।

दुवै सफल ब्रान्ड चैत २८ मा एकसाथ आउने भएकाले फिल्म क्षेत्रमा चासोका रुपमा हेरिएको छ ।