प्रधानमन्त्री आजै डिस्चार्ज हुने

मंसिर १९ काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डिस्चार्ज गरिने भएको छ ।

उनलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।