प्रदर्शनकारीका कारण विश्वकै व्यस्त भनिएको हङकङ विमानस्थल ठप्प

साउन २८ हङकङ – विश्वकै व्यस्त मानिने हङकङ विमानस्थल प्रदर्शनकारीका कारण  सम्पूर्ण उडान तथा अवतरणहरु ठप्प भएका छन् ।

अधिक स्वायत्तता तथा लोकतन्त्रका लागि भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले हङकङको विमानस्थल कब्जा गरेका कारण सोमबार सम्पूर्ण उडान तथा अवतरणहरु प्रभावित भएका हुन् ।

यो पछिल्लो आन्दोलनलाई हङकङको इतिहासकै ठूलो प्रदर्शनका रुपमा लिइएको छ । प्रदर्शनका कारण चीन सरकार ठूलो राजनीतिक दबाबमा परेको छ ।
प्रदर्शनकारीले कालो भण्डा बोकेर चीनविरोधी नाराबाजी गर्दै हङकङकी प्रमुख कार्यकारी क्यारी लामाको राजीनामा समेत माग गरेका छन् ।

प्रदर्शनकारीका कारण विमानस्थल कब्जामा परेपछि विमानस्थल प्रशासनले सोमबारका लागि सम्पूर्ण उडान तथा अवतरण स्थगन गरिएको जानकारी गराएको थियो ।

साथै यसबाट सेवाग्राहीलाई पर्न गएको असहजताप्रति क्षमायाचना गरेको छ । विमानस्थलले प्रदर्शनकारीलाई विमानस्थलबाट बाहिर जान समेत आह्वान गरेको छ ।

प्रदर्शनका कारण करिब १६० भन्दा धेरै उडान प्रभावित भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विमानस्थल बन्द हुँदा यसबाट दशौं हजार यात्री प्रभावित भएका छन् ।

यता चीनले भने प्रदर्शनकारीको विमानस्थलमा कब्जाको कडा शब्दमा निन्दा गरेको छ । प्रदर्शनकारीलले आतंकवादी शैलीमा प्रहरीमाथि आक्रमण गरेको भन्दै कठोर कदम चाल्ने चेतावनी पनि दिएको छ ।

अधिक स्वायत्तता तथा लोकतन्त्रका लागि आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले हङकङको विमानस्थल कब्जा जमाएपछि सम्पूर्ण उडान तथा अवतरण ठप्प भएका छन् ।

विश्वकै व्यस्त मानिने हङकङ विमानस्थलको टर्मिनल कक्षमा हजारौं प्रदर्शनकारी प्रवेश गरेपछि सम्पूर्ण उडान तथा अवतरण स्थगन गरिएको हो ।

हङकङको इतिहासकै ठूलो प्रदर्शनका रुपमा लिइएको यो  प्रदर्शनका कारण चीन सरकार ठूलो राजनीतिक दबाबमा परेको छ । प्रदर्शनकारीले कालो भण्डासहित चीनविरोधी नारा लगाएका छन् । उनीहरुले हङकङकी प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने समेत माग गरेका छन् ।

विमानस्थल प्रदर्शनकारीको कब्जामा पुगेपछि विमानस्थल प्रशासनले सोमबारका लागि सम्पूर्ण उडान तथा अवतरण स्थगन गरिएको तथा यसबाट सेवाग्राहीलाई पर्न गएको असहजताप्रति क्षमायाचना गरेको छ । विमानस्थलले प्रदर्शनकारीलाई विमानस्थलबाट बाहिर जान समेत आह्वान गरेको छ ।

प्रदर्शनका कारण करिब १६० भन्दा धेरै उडान प्रभावित भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हङकङ विश्वको व्यस्त विमानस्थल मानिन्छ । यहाँबाट हरेक दिन दशौं हजार मानिसहरुको आवागमन हुने गरेको छ ।

हङकङका विमान सेवा कम्पनीहरु क्याथी प्यासिफिक तथा क्याथी ड्रगनले आफ्ना सेवाग्राहीलाई हङकङ विमानस्थलतर्फ नजान र जरुरी बाहेकका सबै यात्रा स्थगन गर्न आह्वान गरेका छन् । विमानस्थल बन्द हुँदा यसबाट दशौं हजार यात्री प्रभावित भएका छन् ।

यता चीनले भने प्रदर्शनकारीले विमानस्थलमा कब्जा जमाएपछि त्यसको कडा शब्दमा निन्दा गरेको छ । हङकङका प्रदर्शनकारीलले आतंकवादी शैलीमा प्रहरीमाथि आक्रमण गरेको भन्दै यसविरुद्ध कठोर कदम चाल्ने चेतावनी समेत दिएको छ ।