पेट घटाउन अपनाउनुस यि उपाय

असोज १६, काठमाडौं – शरीरमा एकपटक पेट बढेपछि घटाउन मुस्किल पर्छ । पेट अस्वाभाबिक देखिएमा शरीरनै नराम्रो देखिन्छ तर पनि केहि उपायहरुद्धारा पेट घटाउन सकिन्छ ।

यस्ता छन् पेट घटाउने उपायहरु
बढि मदिरा पिउने ब्यक्तिहरुको पेट बढ्ने गरेको छ । यसकारण पेट घटाउन चाहनेहरुले मदिरा पिउनु हुदैन ।

पेट घटाउन हप्तामा एक दिन उपवास बस्नु सबैभन्दा उत्तम मानिन्छ । उपवास गर्दा पनि पेट घट्नाका साथै सम्पूर्ण शरीरकै तौल सन्तुलनमा आउँछ।

संचित हुने खानेकुराहरु भरसक खानुहुदैन । यस्ता खानेकुराहरुले तौल बढाउदछन् । यसैकारण यस्ता खानेकुराबाट टाढा रहनुपर्छ ।

यदि तनाव बढि भएमा धेरै भोक लाग्ने गर्दछ । जसको कारण खानेकुरा बढि खाइन्छ । यसर्थ पेट घटाउन चाहनेहरूले तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ। तनाव व्यवस्थापनको महत्वपूर्ण अस्त्र भनेको योग तथा ध्यान हो।