पिएचडी- हिनताबोध द्रुत र ह्रिंसक हुन सक्छ 

क्षितिजको पश्चिम कुनाबाट

माघ ८, काठमाडौ- तपाईले ३ वर्ष यो सम्झेर खर्च गर्नुभएको छ कि थेसिस बुझाए पछि मेरो जिवन सर्वश्रेष्ठ हुनेछ । तर यो सत्य होइन, भन्छिन पेट्रा बोयन्टन (सामाजिक मनोबैज्ञानिक र लेखिका) ।

मैले आफ्नो भिभा (viva) पास गरेपछिको एक बिहान एउटा होटलमा नास्ताको लागि म एक्लै बसिरहेको थिए; थुप्रै परिवारहरु र जोडीहरुलाई हाँसी हाँसी नास्ता गरिरहेको ईर्ष्यापुर्बक हेर्दै ।

मैले आफैलाई प्रश्न गरे – हैन तसँग के गलत भईरहेछ ? यही क्षणको प्रतिक्षामा होइन त लामो समयदेखि प्रतिक्षारत ? पछिल्लो रात अन्ततः म कति खुशी थिए केही प्राप्त गर्न सफल भएकोमा जसमा मेरो १० वर्षको समय लागेको थियो साथै दुई असफल सम्वन्धहरु (ब्रेकअप), १ गर्भपतन, आफ्नो घरको बिक्री र आर्थिक संघर्ष, स्वंयको लगानी र कडा रोग जो हेप्पाटाईटिसका कारणले जागेको थियो । मैले मेरा स्कुलका प्राध्यापकहरु जसले मलाई मुर्खको संज्ञा भिराएका थिए, लाई पनि चुप लगाएको थिए । अझै म एक्लो, कृतघ्न र उतानो परेको महशुस गरिरहेको थिए ।

मेरो पिएचडी नै मेरो जिवनको मियो रहँदै आएको थियो जबकी अन्य कुराहरु भत्किरहेका थिए । मैले आशा गरेको थिए कि डाक्टरको उपाधीले मेरो जिवनको बिगतलाई मेटाईदिनेछ र मेरो जिवनलाई रुपान्तरण जस्तो कि केही अरुहरुले मलाई हुनेछ भनेर आश्वस्त पारे जस्तो । तर त्यसो भएन ।

बिगतका दशकहरु बिताउँदै आजसम्म आईपुग्दा ती पुराना स्मृतिहरु छोपिंदै गईरहेका छन र म आफनो उपलब्धीमा गर्व गर्ने भएको छु । यसले अहिले मलाई आफ्नै पिएचडी का बिधार्थीहरुलाई टेवा दिन, जाँच्न र सुपरिवेक्षकहरुलाई तालिम दिन पनि मद्दत गरेको छ । अझै मैले तिनीहरुबाट सिकेको छु कि ति ब्यक्तिहरु जसको बैवाहिक सम्वन्ध उनीहरुले पिएचडी पाउनासाथ टुट्यो, वा ती ब्यक्तिहरु जसले पिएचडीको प्रकृया यति कमजोर बनाउने प्रकृतिको पाए कि या त उनीहरुले स्नातक पछिको प्राज्ञिकता नै त्यागिदिए, वा तिनीहरु जसको मानसिक वा शारिरीक अवस्था अचानक ज्यादै खराब भयो जसले गर्दा उनीहरुको अध्ययन रोकियो ।

यस्तो प्रकारको घटनालाई पिएचडी कमडाउन (पिएचडी हिनताबोध) भनिन्छ । हामीले यसको बिषयमा कुरा गर्नुपर्छ किनकी यो स्वाभाविक होइन र धेरै अवस्थामा तनावग्रस्त र दिग्भ्रमित हुन पनि सक्छ र यसले अन्य महत्वपुर्ण मुद्दाहरुलाई छोपिदिन सक्छ । सम्बोधित नगरिएमा, यसले गलत निर्णय लिन तर्फ अग्रसर गर्न सक्छ वा उपयुक्त टेवा वा सल्लाह खोज्नबाट बिमुख पार्न सक्छ ।

हामीहरु जस्ता धेरैको लागि पिएचडी हिनताबोध एकदमै सामान्य र पुर्वानुमान प्रतिकृया हो एक अविश्वसनीय र एकाग्र अध्यन समयावधिको लागि । वास्तवमा पिएचडीको अन्तसम्म आईपुग्दा हामी दुखी हुन पनि सक्छौ, जबकी हामी आफ्नो नयाँ परिचय डाक्टर प्रति पनि खाशै निश्चित भईसकेका हुँदैनौं । हिनताबोधले कुनै पनि समय आक्रमण गर्न सक्छ, पिएचडीको थेसिस बुझाउँदै गर्दा, भिभाको तयारी गर्दैगर्दा वा पिएचडीको बिधाबारिधी समारोहमा भाग लिंदै गर्दा । सकारात्मक भावनाहरु – मुक्त, गर्व, उत्सुक, आशावादी एकातर्फ महशुस गरी रहँदा यो महशुस साथसाथै हुनु पनि सहज हो – अल्झिएर झुण्डिए जस्तो, दिशाबिहिन, रित्तिएको, अनिश्चित अनि आँसुमा डुबेका नयनहरु । यो संवेग केही दिनको बिषय पनि हुन सक्छ वा महिंनौ लम्बिन पनि सक्छ ।

यदि कुनै बिधार्थी आफ्नो पढाईको दौरान समस्याहरुबाट, जस्तो कि कमसल सुपरिवेक्षण, तुलनात्मक रुपमा कडा प्रकृतिको भिभा, अति महत्वपुर्ण पुनर्भ्यासहरु, वा आफ्नो बिश्वबिधालयसंगको वादविवाद, गुज्रियो भने उनीहरु क्रोधित वा चिन्तित महशुस गर्न सक्छन । यही कुरा बिशेषत: ती बिषयहरु जो भेदभावको शिकार हुन सक्छन पिएचडीको भर्ना प्रकृयाको दैरानमा बिभिन्न कारणहरुले जसमध्ये – जातीवाद, यौनिकता, होमोसेक्सुअल/बाईसेक्सुअल/ट्रान्सजेन्डर फोबिया, सक्षमतावाद वा अन्य प्रकारका असमानता (जस्तै अभिभावक वा हेरचाह गर्नुपर्ने ज़िम्मेदारी सहितका ब्यस्कहरु वा सोही प्रकृतिका ब्ब्यक्तिहरु) हरुको शिकार हुन पनि सक्छन । मानसिक हिंसा र अपमानजनक वातावरणका कारण दबाईएकाहरुले आफ्नो सफलताको आनन्द लिन गार्हो महशुस गर्न सक्छन ।

अर्कोतर्फ, यदि अन्य समस्याहरु वा जिवनका आम घटनाक्रमहरु जसलाई पिएचडीको प्रकृयाको दौरानमा सम्बोधित गरिएको छैन भने तिनले जस्तो कि मैले भोगें तपाईको पिएचडी पछि पनि तपाईलाई कुरेर बसिरहेको पाउनु हुनेछ । सबै समस्याहरुको समाधान त नहोला तर यसो भन्नु वा सल्लाह दिनु पनि यथार्थपरक नहोला कि पिएचडी कुनै रामबाण औषधी हो जसले संरचनागत छेकबारको काम गरोस अथवा जिवनका अन्य पक्षहरुको समस्या समाधानको सम्वन्धमा पनि ।

वर्तमानमा हामी पिएचडीको बिधार्थीहरुलाई थेसिस बुझाए पछि, वा भिभा पछि, वा बिधाबारीधी पछि के आउँछ भन्ने कुराहरुका सम्वन्धमा तयार गर्दैनौं । रोज्नुपर्ने बिकल्पहरुको अभावमा बिचार गर्नुपर्दा – बिशेषत: बिश्वबिधालय बाहिरका ब्यावसायिक जिवनका सम्वन्धमा – बिधार्थीहरुलाई फँसिएको महशुस हुन सक्छ । कम आँकलन होइन तर, यदि तपाईले थाहा पाउनु भयो कि जुन बिश्वबिधालयी जागीरहरु तपाईले आशा गरिरहनुभएको थियो, जुन तपाईको डिग्रीले तपाईलाई योग्य पनि बनाउँछ, तर उपलब्ध छैनन ।

यसले हामीलाई बिश्वबिधालयहरु भित्र अस्थायी जागीरको संकटावस्था अनि प्रतिस्पर्धात्मक अवस्था तर्फ डोर्याउन सक्छ । एकातिर हामी थुप्रै पिएचडी बिषयहरु प्रस्ताव गरिरहेछौ तर अर्कोतर्फ, योसंगै हामी यसका लागि आवश्यक पर्नै अभिभावकत्व हेरचाह, पेशागत सरसल्लाह र तालिम प्रयाप्त दिइरहेका छैनौं अपितु भिभा कसरी पास गर्ने भन्ने तर्फ मात्र केन्द्रित छौं । न त हामीले बिश्वबिधालयहरु भित्र समान बेतन, सुरक्षित रोजगार नै सृजना गर्न सकेका छौं जुन पिएचडीवालाहरुले गर्न इच्छा गरुन । त्यसमाथि, कार्यस्थलहरुमा काम सम्वन्धी दबाबहरु बढीरहेका तथ्याँकहरु र असम्भावी रुपमा सुपरिवेक्षक र बिधार्थीहरुसंग जोडिने मानसिक चिन्ताले सुपरिवेक्षकहरुका लागि सरसल्लाह दिने थोरै अवसरहरुको सृजना हुने भुमिका पनि खेलिरहेका छन ।

पिएचडी हिनताबोध वा बिश्वबिधालयहरुसंग सम्बद्ध बृहत समस्याहरुको सम्वन्धमा छलफल गर्दाको खतरा यो हुन सक्छ कि पिएचडीका प्रत्यार्शीहरु हतोत्साहित वा आफ्नो भबिष्यप्रति चिन्तित हुन सक्छन । सुपरिवेक्षकहरु समेत थप तालिम, सुपरिवेक्षण समय वा तलबको अभावमा आफ्नो बढिरहेको अभिभावकत्व भुमिकाप्रति सही अर्थमा चिन्तित छन ।

केही उपायहरु छन जसद्धारा यी समस्याहरुलाई समाधान गर्न सकिएला यधपि, केही अन्य भन्दा सजिला छन । प्राय भनिने मिथक कि पिएचडीको दौरानमा भोगिने पिडाहरुको उपहार त्यो सम्मान हो जुन बिधाबारिधीमा तपाईले लगाउने गाउनमा टाँस्सिनछ, लाई हामीले चुनौती दिन सक्छौ । हामी पिएचडीको यात्रालाई एउटा भावनात्मक यात्राको रुपमा प्रस्तुत गर्न सक्छौ जुन पिएचडीको फाईनल थेसिस बुझाएर वा भिभा पछि वा बिधाबारिधी पछि मात्र टुंगिदैन । हामी बिधार्थीहरुलाई पिएचडी हिनताबोधका सम्वन्धमा सचेत गराउन सक्छौं साथै उनीहरुलाई आफ्ना मजबुत भावनाहरु जो जिवनको एक महत्वपुर्ण अनुभवको अन्त्यसँगै प्राप्त भएको छ, लाई सम्मान गर्न उत्प्रेरित गर्न सक्छौं । साथै, हामी नकारात्मकतालाई मनोरन्जनात्मक क्षणहरुद्धारा, समयतालिका अनुसारको फुर्सद, बिधमान मानसिक वा शारिरीक समस्याहरुका सम्वन्धमा सरसल्लाह खोज्नु तथा अन्यहरुसंग के आशा राख्ने जस्ता बिषयगत मुद्दाहरुमा कुरा गर्ने जस्ता उपायहरुद्धारा घटाउन सक्छौ भन्ने पनि सुझाव दिन सक्छौ ।

हामी सबै आफुलाई मजबुत र कम एकाँकी महशुस गर्नेछौ जब हामीहरु पुन:आश्वस्त हुनेछौ कि हामी एक्लो छैनौ भनेर । आफ्ना कथाहरु शेयर गरेर कि हामीले कसरी आफ्नो पिएचडी ब्यवस्थापन गर्यौ, यसले पुन: आश्वस्त गर्नेछ, साथै एकदमै अनिश्चित समयहरुमा पनि अनुहारमा मुस्कान ल्याउनेछ ।

महत्वपुर्ण रुपमा, यदि कोही संघर्ष गरिरहेको छ भने यस्ता कथाहरुले उसलाई के हेरचाह गर्नुपर्छ भन्ने तर्फ पनि इंगित गर्न सक्छ, साथै उनीहरुलाई यो पनि स्मरण गराउनेछ कि उनीहरले कति अदभुत चीज ब्यवस्थापन गरे जसलाई उनीहरु निश्चित रुपमा संग्रह गर्न चाहनेछन ।

साभार: टाईम्स उच्च शिक्षा, पेट्रा बोयन्टन

प्रस्तोता: अशोक कुमार गहतराज सुनार