पाकिस्तानका सेना प्रवक्ता पदमुक्त

माघ ५, काठमाडौं – मेजर जनरल आसिफ गफूरलाई पाकिस्तानी सेनाको प्रवक्ता पदबाट हटाइएको छ ।

जनरल गफूरलाई पदबाट अप्रत्याशित रुपमा हटाइएको थिएन तर सोसल मिडियामा पाकिस्तानी टिभी प्रस्तोता सना बुचासँग उनको विवाद निकै चर्चित रह्यो ।

जानुअघि जनरल गफूरको एउटा ट्वीट निकै विवादित भएको थियो । उनले भारतीय अभिनेत्री दीपिका पादुकोणको समर्थनमा एउटा ट्वीट गरेका थिए ।

दीपिका जेएनयूमा हमलाको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीलाई भेट्न गएकी थिइन् । जनरल गफूरले यसैका लागि दीपिकाको तारिफ गरेका थिए ।