पाकिस्तानका विदेश मन्त्रीलाई कोराना सङ्क्रमण

असार २०, काठमाडौ – पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुुरेशीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

उनलाई लक्षणका आधारमा परीक्षण गर्दा शुक्रबार कोरोनाभाइरस देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपनि विदेश मन्त्री कुरेशीले अलग्गै बसेर घरबाटै आफ्नो काम गर्ने भएका छन् ।

“शुरुमा मलाई ज्वरो देखियो, त्यसपछि म छुट्टै बसेर कोरोना परीक्षण गराएँ, नतिजामा सङ्क्रमण देखियो, म अब सेल्फ क्वारेन्टाइनमै बस्छु र म यहीँबाटै काम पनि गर्छु,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

पछिल्लो विवरण अनुसार पाकिस्तानमा दुई लाख २३ हजार ७२८ जना कोरोनाभाइरसबाट सङ्क्रमण भएका छन् भने चार हजार ५९२ जनाको मृत्यु भएको छ ।विश्वभरी सङ्क्रमणहरुको सङ्ख्याका आधारमा पाकिस्तान १२ औँ अग्रस्थानमा पर्दछ ।रासस