नेपाल विद्युत प्राधिकरणको नाफा ४ अर्बले वृद्धि, यस बर्षको नाफा ७ अर्ब २० करोड

साउन २८, काठमाडौं — नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५र७६ मा ७ अर्ब २० करोड मुनाफा गरेको छ ।

प्राधिकरणले मंगलबार दिउँसो आफ्नो वार्षिक उपलब्धी सार्वजनिक गर्दै २०७५र७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जानकारी दिएको छ ।आर्थिक वर्ष २०७४र७५ मा २ अर्ब ९० करोड नाफामा रहेको प्राधिकरणको नाफामा यो वर्ष लगभग ४ अर्ब वृद्धि भएको छ ।

यस्तै विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५र७६ गत वर्षको भन्दा ५ प्रतिशतले चुहावटमा पनि कमि आएको जानकारी दिएको छ ।