नेपाली धावक पार्कीले स्वर्णपदक हासिल गरे

मंसिर २०, काठमाडौ -१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गरेका छन ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रवार विहान भएको खेलमा उहाँले निर्धारित दूरी १४ मिनेट ५४।२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक जितेका हुन । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाएका थिए।