नेकपाले सभामुख उम्मेदवार तयार गरे मैले राजीनामा दिन्छु– शिवमाया तुम्बाहाङ्फे

माघ २, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको खिचातानीले प्रतिनिधिसभा बैठक सरेको र्सयै छ।

सभामुख चयन प्रक्रिया पनि अघि बढेको छैन। नेकपाका शीर्ष नेताले सभामुख बनाउन चाहेका उम्मेवारको पक्ष विपक्षमा विश्लेषण भइरहँदा उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि चर्चाको केन्द्रमा छिन्। उनलाई केही दिनअघि नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिने निर्णय गरेको थियो

तुम्बाहाङ्फेले भने राजीनामा दिन अस्वीकार गरिरहेकी छिन्। यस अन्तर्वार्तामा पनि उनले नेकपाले सभामुखको उम्मेवार टुंग्याएमात्रै आफूले राजीनामा दिने बताएकी छन्। प्रस्तुत छ, उनीसँगको कुराकानीः

संसदमा एउटा गतिरोध देखिएको छ। तीन(तीन पटकसम्म संसदको बैठक बस्न सकेन। यो कहिलेसम्म?

गतिरोध अन्त्य गर्ने भन्ने निर्णय प्रतिनिधिसभामा बहुमत प्राप्त दल नेकपाको हातमा छ।

संसद किन रोकिएको? बिजनेश नभएर हो वा अरु कुनै कारण छ?

बिजनेश हामीसँग थियो। अहिले सभामुख पद रिक्त छ। त्यो रिक्त पदलाई पूर्ति गर्नका लागि हामीले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने थियो। तर, त्यसलाई अगाडि बढाउनका लागि मैले उम्मेदवार बनाउँछु भनेर अगाडि भनेको थिएन।

केही दिन भयो, उसले सभामुख पदमा उम्मेदवार बनाउँछु भनेको छ। यद्यपि, उसले आफ्नो उम्मेदवार तयार गरेको छैन। जसले गर्दा पुस २७ गतेको जुन बैठक थियो, त्यसलाई केही दिन सारौं भन्ने उहाँहरुको आग्रह भएपछि बैठक हामीले पछाडि सारेका छौं। अर्को बैठक माघ ६ गतेका लागि बोलाइएको छ। सम्भवतः त्यसदिन प्रक्रिया अगाडि बढ्छ।

संसदको गतिरोध त संसदबाट खोल्नुपर्ने थियो। तर, अहिले त संसदभन्दा बाहिर कुनै राजनीतिक दलको निर्णयको कुरा आइरहेका छन्। यसबारे कतिको जानकार हुनुहुन्छ? कसरी लिनुभएको छ?

संसदभित्र देखिएको गतिरोधलाई व्यवस्थापन र अन्त्य गर्नका निम्ति प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुले छलफल र अन्तरसंवाद गर्ने कुरा हुन्छ। अहिलेको विषय फरक हो। किनभने, अहिले सभामुख पद रिक्त छ। त्यसलाई परिपूर्ति गर्नका निम्ति निर्वाचन प्रक्रिया अगाडि बढाइदिनुपर्ने हुन्छ। तर, त्यसका लागि सत्तारुढ दलले सभामुख आफूले लिने भनेर निर्णय गरेर अगाडि बढिसकेको छ।

त्यसअघि उसले भनेको थिएन। अन्य दलले उम्मेदवारी दिए पनि निर्वा्चित हुने सम्भावना कम छ। जसले निर्वा्चित गर्न सक्छ, उसैले उम्मेवार उठाउनुपर्ने हुन्छ। तर, त्यस्तो अवस्था थिएन।हामीले सबैभन्दा पहिले सभामुख निर्वा्चित गर्नुपर्ने हो। र अहिले त्यो प्रक्रियालाई अगाडि बढाउनुपर्ने हुन्छ।

तपाईं अहिले केन्द्रमा हुनुहुन्छ। पार्टीले तपाईंको राजीनामा मागेको विषयमा त हामीले औपचारिक रुपमा नै हेर्न र पढ्न पायौं। तपाईंलाई त्यस विषयमा जानकारी छ?

अहिले सभामुख पद रिक्त छ। त्यसलाई नेतृत्व गर्न नेतृत्वदायी भूमिकामा बसेर काम कारबाही गरिरहने उपसभामुख केन्द्रमा रहनु स्वभाविकै हो। यो संस्थालाई नेतृत्व प्रदान पनि गर्नुपर्छ। मैले पनि सञ्चार माध्यमबाटै थाहा पाएको हो( नेकपाले राजीनामा दिनका लागि निर्देशन जारी र्गयो।

यसपछि मैले प्रतिक्रिया दिने सन्दर्भमा के भनें भने नेपालको प्रमुख मध्येको एउटा संस्था व्यवस्थापिका। त्यहाँ रहने प्रमुख व्यक्तिले राजीनामा दिइसकेपछि दोस्रो व्यक्तिले अहिले नेतृत्व प्रदान गरिरहेको छ। त्यसलाई कुनै एउटा दलले नेतृत्वबाट बाहिर जाऊ भनेर निर्देशन जारी गर्न मिल्दैन। संविधानतः मिल्दैन। म अहिले प्रतिनिधिसभामा बसेर काम गरिरहेको अवस्थामा म स्वतन्त्र व्यक्ति हो।

जतिबेला मलाई दलले उम्मेदवार बनाएर निर्वा्चित भएँ, त्यसपछि मैले दल त्याग गरेको हो। कुनै पनि पदमा साधारण सदस्य समेत नरहने गरी म बाहिर निस्किएँ। त्यसकारण मैले स्वतन्त्र ढंगले मैले संस्थालाई नेतृत्व प्रदान गर्नुपर्छ। अहिले पनि गरिरहेको छु।

अहिलेको सन्दर्भमा ’दलले निर्देशन दिए पनि अटेर गरेर बसेको’ भन्ने गरेको मैले पनि सुनेको छु। यो प्रतिनिधिसभा एउटा संस्था हो। यसलाई मैले नेतृत्व प्रदान गर्नुपर्छ। गरिरहेको छु। यस्तो व्यक्तिलाई कुनै एउटा दलले भन्न मिल्दैन। भने पनि मैले यो संस्थालाई खालि गर्न मिल्दैन। किनभने, संविधानले प्रतिनिधिसभालाई कुनै समयमा रिक्त हुने भनेर परिकल्पना गरेको छैन। सभामुख वा उपसभामुखले नेतृत्व गरिरहन्छन् भन्ने नै परिकल्पना हो। त्यसलाई हामीले ग्रहण गर्नुपर्छ।

जबसम्म दलले आफ्नो उम्मेदवारलाई टुंग्याएर अगाडि सार्दैन, तबसम्म मैले प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छोड्ने पक्षमा छैन। किनभने, जतिबेला मैले उपसभामुखमा सपथ लिएको थिएँ, त्यतिबेला मैले संविधानलाई टेकेर, त्यसलाई कार्यान्वयन गर्छु भनेर, कसैको डर नमानी अघि बढ्छु भनेर सपथ लिएको थिएँ।

मेरो पद समाप्त नभएसम्म मैले प्रतिनिधिसभालाई प्रतिनिधित्व गर्छु भनेर बसेको हो। अहिले पनि त्यही अवस्थामा छु। त्यसैले मैले राजीनामा दिएको छैन। दिने अवस्थामा पनि छैन। किनभने, दलले आफ्नो उम्मेदवार अगाडि बढाएको छैन।

दलले आफ्नो उम्मेवार अगाडि बढाइसकेपछि मैले प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने सन्दर्भमा राजीनामा गर्छु। त्यो गरिसकेपछि उपसभामुख पद पनि खालि हुन्छ, सभामुख त खालि छँदैछ। अनि निर्वाचन प्रक्रिया अगाडि बढ्छ। मैले के सोंचेको छु, संविधानले दिएको ड्युटी मैले पूरा गर्नुपर्छ।

मैले भनेजस्तो गर्दा प्रतिनिधिसभा छोटो समयमात्रै रिक्त हुन्छ। म लामो समयसम्म रिक्त गराउने पक्षमा छैन। किनकि, संविधानले नै रिक्त बनाएर जाऊ भनेर मलाई भनेको छैन। संविधान नै सबैभन्दा ठूलो हो। संविधानले निर्दे्शित गरेर राज्य चल्छ। त्यस मातहतका सबै दल र निकाय चल्नुपर्छ।

संविधानकै आधारमा मैले प्रतिनिधिसभा रिक्त बनाउने अवस्था छैन र मैले राजीनामा नदिएको हो।

राजीनामा दिनुभएका सभामुखलाई पनि दलले राजीनामा दिन निर्देशन दियो। उहाँले दिनुभयो। तपाईंलाई पनि त्यसैगरी भनेको छ। त्यही निर्देशन सभामुखलाई लागू हुने उपसभामुखलाई लागू नहुने हुनसक्छ?

निवर्तमान सभामुखलाई अनुसन्धानका लागि राखिएको छ। उहाँलाई चार्ज लगाएको सबै नेपाली जनतालाई थाहा छ। त्यो चार्ज लगाएर दलले सभामुख पदबाट राजीनामा दिएर बाहिर निस्कनु भनेर निर्देशन दिने अवस्था थियो। त्यतिबेला निवर्तमान सभामुखलाई पक्राउ गरिसकिएको अवस्था थियो। त्यो घटना फरक हो। र अहिलेको घटना फरक हो।

निर्देशन कुन प्रसंगमा दिएको हो। त्यो त छुट्याउनुर्पयो नि। त्यतिबेला उहाँलाई निर्देशन दिनु सान्दर्भिक हो। अहिले उपसभामुखलाई निर्देशन दिनु गलत हो। किनकि, प्रतिनिधिसभा एउटा स्वतन्त्र संस्था हो भन्ने कुरा मैले अघि भने नि। दल र प्रतिनिधिसभाको आ(आफ्नो अस्तित्व हुन्छ। आआफ्नो ढंगले चल्छन्। अहिले दलले उपसभामुखलाई राजीनामा दिएर छाड भन्न मिल्दैन। सभामुखलाई निर्देशन दिएको प्रसंग नै फरक हो।

सभामुखको सम्भावित तपाईं आफैं पनि हो? यदि तपाईं नै हो भने दलले किन अर्को उम्मेद्वार खोज्दै छ त? उसले किन राजीनामा दिन भन्यो त?

म पनि सभामुखको सम्भावित व्यक्ति हो। राजीनामाको प्रसंगमा दलले नभने पनि मैले राजीनामा दिन्छु नै। दलभन्दा संविधान ठूलो हो। संविधानको धारा ९१ को उपधारा १ देखि ६ सम्म सबै विषय त्यहाँ लेखिएको छ। त्यहाँ सभामुख र उपसभामुख फरक लिंग र दलको हुनुपर्ने भनेको छ।

संविधानले नै बोलिसकेपछि त्यसलाई कार्यान्वयन गर्ने अवस्थामा हामी पुगेका छौं। सभामुख पद रिक्त छ। त्यही दलले मलाई उपसभामुख बनाएर म आएको हो। अब सभामुख पद सत्ता पक्षले लिन्छु भनिसकेपछि मैले मार्ग प्रशस्त गर्नुपर्छ र गर्छु भनेकै थिएँ पहिले। अहिले पनि मैले भन्दैछु। दलले राजीनामा देऊ नभनीकन मैले दिनुपर्छ। संविधानले नै मलाई भनेको छ नि त। अह्राएको छ। सभामुख सत्तापक्षले लियो भने मैले जान्नुपर्ने कुरा हो।

सभामुख पद सत्तापक्षले लिन्छु भनिसकेपछि सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने बेलामा मैले राजीनामा दिन्छु भनेर म तयार अवस्थामा बसेको थिएँ। तर अहिले सत्तापक्षले निर्देशन जारी गरेको छ रे। त्यो मिल्दैन।

साभार नेपाल लाइभ डटकम बाट