नेइमार स्पेपेनिस क्लब रियल मड्रिडमा आवद्ध हुने

काठमाडौं – कीर्तिमानी रकममा यसै सिजनमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रन्सेली क्लब पेरिस सेन्ट जर्मनी गएका ब्राजिलियन स्टार नेइमार स्पेपेनिस क्लब रियल मड्रिडमा आवद्ध हुने तयारीमा रहेको खबर बाहि आएको छ।

स्पेनिस पत्रिका डायरिओ गोललाई उद्धृत गर्दै एक्सेप्रस युकेले दिएको खबर अनुसार। नेइमारका पिता नेइमार सिनियरले रियल मड्रिडका प्रेसिडेन्ट फ्लोरेन्टनो फेरेजसँग यस विषयमा कुराकानी गरेको र २०१९/२० को सिजनदेखि रियलमा आवद्ध हुनेगरी सम्झौता भएको बताइएको छ।

नेइमार दुई सिजन पिएसजीमै रहेर क्लबलाई उपाधि दिलाउन चाहेको जनाइएको छ। १९८ मिलियन पाउण्डमा पिएसीमा आवद्ध भएका नेइमारले रियल मड्रिडसँग सम्झौता गर्दा २२२ मिलियन पाउण्ड प्राप्त गर्ने पनि उल्लेख गरिएको छ। रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछिको विकल्पको रुपमा नेइमारलाई तयार पार्ने योजनामा रियल मड्रिड रहेको जनाइएको छ।