धरहरवाट सम्बोदन गर्दै पुननिर्माणमा जुट्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ,  बैशाख १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माण कार्यमा सबैले सहयोग गर्न आग्रह गरेका छन्।
महाभूकम्प गएको तीन वर्ष पुगेको दिनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माण बारेमा जानकारी लिँदै जतिसक्दो चाँडो निर्माण कार्य सम्पन्न हुनुपर्ने उनले बताए ।
कार्यक्रममा उनले अब पुनर्निर्माणका लागि पर्खने समय नभएको बताए । उनले भने, अब पर्खिने समय छैन्, हामीले दशेलाई आर्थिक उन्नतिको दिशामा तीब्रताको साथ लानुछ। भत्केका संरचनाहरूको पुनर्निर्माणको गीतमात्रै गाएर बस्ने हो भने बाँकी पुनर्निर्माण कहिले गर्छौँ ? समृद्धि कहिले गर्छौँ ? त्यसकारण हामीसँग अब पर्खिने समय छैन्।’

भूकम्पले ध्वस्त बनाएको धरहराको ठुटोमुनि आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिए।
२०७२ वैशाख १२ गते गएको भूकम्पमा नौ हजार बढी मानिसले ज्यान गुमाएका थिए । ३२ जिल्लाहरू भूकम्पले प्रभावित भएका थिए भने १४ जिल्ला अतिप्रभावित भएका थिए।