देश ट्र्याकमा आएको छ— प्रचण्ड

पुस, २९ काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बामगठबन्धनको जित सगै देश ट्र्याकमा आएको कुरा बताएका छन । शनिबार राजधानिमा नेपाल देशभक्त गणतान्त्रिक मञ्चद्धारा आयोजित स्रष्टा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने ‘हामीले बामगठबन्धनको औचित्य भनेकै स्थायित्व, सुशासन र बिकास भनेका छौ।’ उनले अगाडि थपे ‘अवसर सगै चुनौति पनि छन, चुनौतिका बिचवाट नै परिवर्तन संस्थागत हुने र बिकासले गति लिने हो।’
कार्र्यक्रममा बिभिन्न क्षेत्र स्वास्थ, शिक्षा, खेलकुद, साहित्य, गायन, ललितकला लगायतका क्षेत्रमा योगदान दिदै आएका व्यतिहरुलाई सम्मान गरिएको थियो । सम्मानित व्यतिहरुलाई प्रचण्डले ताम्रपत्र र दोसल्ला ओढाइ सम्मान गरेका थिए।