दूधको मूल्य निर्धारण गर्न ८ सदस्यीय कार्यदल गठन

साउन ३२,काठमाडौं — दूधको मूल्यवृद्धिका लागि सिफारिस गर्न एक कार्यदल गठन गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको हो ।

साउन अन्तिमसम्ममा दूधको मूल्यवृद्धि सम्बन्धी निर्णय नगरे भदौ पहिलो सातादेखि आन्दोलनमा उत्रने दुग्ध किसानको दबाब र दुग्ध उद्योगीको मागलाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलले भदौदेखि मूल्य बढाउने गरी सरोकारवाला सम्मिलित कार्यदल गठन गरेको हो ।

कार्यदलमा पशु सेवा विभाग, केन्द्रीय दुग्ध सहकारी संघ, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन र मन्त्रालयका प्रतिनिधि सदस्य रहेका छन् । बोर्डका प्राविधिक निर्देशक सदस्य सचिव रहेका छन् ।