दीपक शर्माको ‘छैन मलाई पीर’मा नाजिर र कुसुमको अभिनय

जेठ १३, काठमाडौं – दीपक शर्माको शब्द र संगीत रहेको ‘छैन मलाई पीर’ गीत सार्वजनिक भएको छ । गीतमा सञ्जीव पराजुलीको स्वर रहेको छ ।

गीतको भिडियोमा कुसुम गुरुङ र नाजिर हुसेनले अभिनय गरेका छन् । त्यस्तै गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगरको अभिनय देख्न सकिन्छ ।

एलिन श्रेष्ठ निर्दे्शित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाँकन छ ।