‘दि कर्मा’ ले पायो बोर्डको स्विकृति

माघ ७, काठमाडौं – आगामी माघ १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दि कर्मा’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले यस चलचित्रलाई पिजी सर्टि्फिकेट दिँदै प्रदर्शनका लागि स्वीकृति दिएको हो ।

पिजी सर्टि्फिकेटपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथ यस चलचित्र हेर्न सक्नेछन् । सेन्सर बोर्डले फिल्मका केहि एक्सन दृश्यलाई ‘ब्लर’ गर्न पनि निर्देशन दिएको निर्माता जय राज रायले बताए ।

चलचित्र ‘दि कर्मा’ को निर्देशन देवकुमार श्रेष्ठले गरेका हुन् । चलचित्र नेपाल र भारतका सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण गरिएको छ । यस चलचित्रमा करण वर्मा, निता ढुंगाना, परमिता आरएल राणा, बुद्धि तामाङ्ग, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको अभिनय देख्न सकिने छ ।