दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

बैशाख २२, काठमाडौं – नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन् । जोन डेनभरको गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० सम्मको यात्रा तय गरेका हुन् । अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको शुरुदेखि नै उनले राम्रो प्रस्तुती दिंदै आएका थिए ।

टप १० सम्मको यात्रा तय गरेसँगै आफूलाई सहयोग गर्ने सबैप्रति दिवेशले धन्यवाद दिएका छन् । नेपाल र नेपालीलाई संसारमा चिनाउने आफ्नो प्रयास सफल हुँदै गएको भन्दै उनले आफूलाई भाग्यमानी सम्झेको छु भन्दै भोट दिनुहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।

संसारबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको भन्दै उनले यस्तै सहयोग आगामी दिनमा पनि गरिदिन अनुरोध पनि गरेका छन् ।
‘अर्थर गन’को नामबाट परिचित दिवेश अमेरिकन आइडलको टप १० मा पुग्ने पहिलो नेपाली हुन् । अडिसनदेखि टप १० सम्म आइपुग्दा हरेक प्रस्तुतीमा उनले जजबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका छन् ।

सन् २०१३ देखि अमेरिकामा बस्दै आएका दिवेशले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन्