दिपक मनाङे पक्राउ

माघ ९, काठमाडौं –गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई पक्राउ गर्न अनुमति पाए लगत्तै प्रहरीले पक्राउ गरेको छ ।

मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फ) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए ।

गुरुङले प्रदेश सांसद मनाङेले दुर्व्यवहार गरेको उजुरी बुधबार दिएका थिए ।

सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई मनाङे पक्राउ गर्न अनुमति दिएको थियो ।