थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

जेठ ५, काठमाडौं –नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।  संक्रमण हुनेहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको अधिकारीले बताए ।

यो संगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ