तोलामा सात सयले घट्यो सुनको मूल्य

साउन २९,काठमाडौं — निरन्तर रुपमा उकालो लागेको सुनको मूल्य आजबाट घटेको छ । हिजो मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय घटेर प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको उक्त मूल्य निर्धारण गरेको हो । त्यसैगरी, तेजावी सुनको मूल्य पनि घटेको छ । मंगलबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भएको थियो भने आज ७ सय घटेर प्रतितोला ७० हजार रुपैयाँ निर्धारण भएको छ ।