तीजका गीत आए बरी लै……………

साउन १८, काठमाडौं – ‘ स्यानिटाइजर घसेर स्कुटीमा बसेर म त माइत जान्छु जान्छु है ’ । बद्री पंगेनी र कबिता अर्यालको तीज गीतमा प्रयोग भएको शब्द हो यो । अहिलेको समयमा मास्क स्यानिटाइजर र सामाजिक दुरी शुत्र जस्तै बनेका छन् ।

तीज महिलाहरुले माइतमा गएर मनाउने गर्दछन् । माइतमा दर खाने साथीसंगीसंग रमाइलो गर्ने तीजको परम्परा रहेको छ । कोरोना महामारी भएपनि सुरक्षा अपनाएर महिलाहरु माइत जाने योजनामा रहेको यस गीतले झल्को दिन्छ । यस गीतमा अञ्जली अधिकारी र शंकर बिसिले अभिनय गरेका छन् ।

 

महिलाहरुको महान चाड तीज नजिकिदै छ । महिलाहरुलाई कोरोना महामारीका कारण तर तीज मनाउने माहोल भने पहिला जस्तो छैन । भिडभाड नगर्न, समुहमा बसेर पार्टी नगर्न सरकारले बारम्बार अपिल गरीरहेको छ । तर तीज गीत सार्वजनिक गर्ने क्रम भने रोकिएको छैन

तीज गीत गाउने पुरुष गायकमा पशुपति शर्मा अग्रपंतिमा छन् । हरेक बर्ष उनले तीजलाई लक्षित गीत सार्वजनिक गरेका छन् । यो पालीको तीजमा आफ्नै लय र शब्द रहेको ‘मुन्छे झिल्के झिल्के’ बोलको गीत ल्याए । शर्मालाई स्वरमा साथ दिएकी छन् सरस्वती लामिछानेले । यस गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् सम्झना बुढाथोकी र महेन्द्र गौतमले ।

गायक पुरुषोतम पौडेलले ‘तीज महामारी काण्ड’ सार्वजनिक गरेका छन् । यस गीतमा पौडेल सहित शर्मिला गुरुङ, देवी घर्ति र खेम सेन्चुरीको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा अञ्जली अधिकारी सेन्चुरी, रमा थपलिया लगायतको अभिनय रहेको छ । गीतमा बिदेशबाट फर्केर आउदा लुकेर बस्नुपर्ने बाध्यता देखाइएको छ ।

राजु परियारसंग दोहोरी खेलेर चर्चामा आएकी बालगायिका कमला घिमिरेले पहिलोपट तीज गीत गाएकी छन् । ‘लरिलरि लै रुन्छु बरिलै’ बोलको गीतमा साथ दिएका छन् खेम सेञ्चुरीले । गीतको भिडियोमा कमला आफै देखिएकी छन् ।

लामो समयदेखि मौलिक तीज गीत गाउदै आएकी गायिका हरिदेवी कोइरालाले यस बर्ष ‘कस्ता दिन गए बर’ै बोलको गीत सार्वजनिक गरेकी छन् । उनले गीतमा तीजमा माइत जान नपाउनुको पीडा पाखेकी छन् । आफ्नै लय र शब्दमा सार्वजनिक भएको यो गीतमा माइतीको सम्झना गरिएको छ ।

बिवादित तीज गीत

पछिल्लो समय कतिपय तीज गीतहरु बिवादित पनि बन्ने गरेका छन् ।  गत बर्ष बीच्च बीच्चमा गीत गाएर चर्चामा आएका दुर्गेश थापाले बीच्च बीच्चमा २ तीज सार्वजनिक गरे । उनले एउटा फोटो खिच बोलको गीत सार्वजनिक गरे । उनलाई गीतमा चोरीको समेत आरोप लाग्यो

त्यस्तै उनले बेसारे बीच्च बीच्चमा ३  नि ल्याए ।  आफ्नै शब्दमा थापाको गीतलाई धेरैले गाइजात्रे गीतको संघा दिए । उनि गीतको शब्दमा मात्रै नभई पहिरनमा समेत बिवादमा तानिए । महिलाको भेषमा प्रस्तुत भएका उनि महिलामाथिको अपमान भएको भन्दै आलाचित बने ।

 

एकनारयण भण्डारीको शब्द रहेको ‘फरिया लरिलै बरिलै ’गीतमा प्रिति आलेले स्वर दिइन् । उनले रक स्टाइलमा गीत गाइन् । उनको यो गीतमा प्रयोग भएको शब्दका र पहिरनका कारण गीत बिवादमा तानियो । उत्त गीतलाई सामाजिक सञ्जालमा तीज गीत माथिको ब्यङ्ग गरेको भन्दै आक्रोश पोखियो ।

गायिक सोफिया थापाको ‘यसपालिको तीज नो ब्रत प्लिज’ निकै बिवादित बन्यो । उनले गीतमा तीजमा बत्र बस्नुपर्ने र श्रीमानको खुट्टाको पानी खाने चलन अन्त्य गर्न आह्वान गरेकी थिइन् । उनको तीजको चर्को आलोचना संगै युट्युबले गीतलाई प्राइभेटमा राखेको छ ।