बजारमा विषादियुक्त तरकारी: १० प्रतिशत खान अयोग्य

मंसिर, ८ काठमाडौं—तरकारी खाएर स्वास्थ्य भईन्छ भन्ने सोच राख्नुुहुन्छ भने अब सचेत हुने बेला आएकोछ । बजारमा बेमौसमी तरकारीको खेती बढ्दै जादा रोग, किरा लाग्न नदिन विषादी प्रयोग गर्ने चलन बढ्दोछ । यसले उपभोक्ताको स्वास्थ्यमा मन्दविषको असर परिरहने स्वास्थ्य विशेषज्ञहरुको ठहर छ ।
कृषि विकास मन्त्रालयको बाली संरक्षण निर्देशनायलको तथ्यांक अनुसार हरेक वर्ष संकलित तरकारी नमुनामध्ये, १० प्रतिशत खान योग्य नहुने बताएकोछ । अप्रत्यक्ष रुपमा तरकारीबाट खानाका माध्यम शरिरमा पुगेको विषदीले गम्भीर रोज निम्त्ताएको छ ।
तरकारीमा गोलभेडा, आलु र काउलीमा बढि विषादी भेटिएको बताइएकोछ । भारतबाट आएका तरकारी अझै खतरनाक सावीत भएका छन् । खास गरि काठमाडौका लागि भारतबाट ल्याइने तरकारीमा बढि विष प्रयोग भएको देखिन्छ । काभ्रे, धादिङ, चितवन, पर्सा, बारा, सर्लाहि लगायत ठाउका तरकारीमा समेत अत्याधिक विषादि प्रयोग गरिएको भेटिएकोछ ।