डडेल्धुराका सात वटा स्थानीय तहमा करिब सात करोड वेरुजु

साउन २७, डडेल्धुरा– डडेल्धुरामा आर्थिक वर्ष २०७४र०७५ मा ६ करोड ९९ लाख ३९ हजार वेरुजु भएको छ ।

डडेल्धुराका दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तहको झण्डै सात करोड बरारबको रकम बेरुजु भएको देखिएको हो ।

महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनले आर्थिक वर्ष २०७३र०७४ भन्दा आर्थिक बर्ष २०७४र०७५ मा जनप्रतिनिधि आए पछि बेरुजु बढी देखिएको संघीय मामिला तथा सामान्य प्रशासन महानिर्देशनालयले जनाएको छ ।

आर्थिक वर्ष २०७४र०७५मा डडेल्धुराको परशुराम नगरपालिकाको १ करोड ६९ लाख ४७ हजार, अमरगढी नगरपालिकाको १ करोड ६९ लाख ६ हजार वेरुजु भएको छ ।

भागेश्वर गाउँपालिकाको १ करोड ३६ लाख ५९ हजार, आलिताल गाउपालिकाको ९३ लाख ३१ हजार, गन्यापधुरा गाउँपालिकाले ७० लाख ४१ हजार, नवदुर्गामा ४८ लाख ६० हजार र अजयमेरु गाउँपालिकाले ११ लाख ४१ हजार बेरुजु पछ्र्योट गर्नु पर्ने भएको हो ।

यसैगरि अजयमेरु गाउँपालिकामा प्रमाणित कागगपत्र नभएको ३५ हजार रकम रहेको छ। नवदुर्गामा १५ लाख ८९ हजार असुल गर्नु पर्ने, १२ लाख ३८ हजार अनियमित, २ हजार प्रमाण कागजात नमिलेको र २० लाख ३१ हजार पेश्की देखिएको छ ।

गन्यापधुरा गाउँपालिकामा १४ लाख ५३ हजार असुल गर्नु पर्ने, ३४ लाख ३९ हजार अनियमित, १९ लाख ३५ हजार प्रमाण कागजात पेश नभएको, पेश्की २ लाख १४ हजार रुपैयाँ छ ।

आलिताल गाउँपालिकामा ८६ लाख ९२ हजार असुल गर्नु पर्ने, २ लाख ५४ हजार अनियमित ३ लाख ८५ हजार छ । भागेश्वर गाउँपालिकामा २३ लाख ३६ हजार असुल गर्नु पर्ने, ४ लाख ८५ हजार अनियमित, ३९ लाख १० हजार प्रमाण कागजात पेश नभएको र ६९ लाख २८ हजार पेश्की रकम रहेको प्रतिबेदनमा उल्लेख छ।

जिल्लाका दुबै नगरपालिकामा पनि अरु स्थानीय तह जस्तै बेरुजु देखिएका छ। जिल्ला सदरमुकामको नगरपालिका अमरगढी नगरपालिकामा १५ लाख ८३ हजार असुल गर्नु पर्ने, ४१ लाख ४९ हजार अनियमित, २२ लाख ३५ हजार प्रमाण कागजात पेश नभएको र ८९ लाख ३९ हजार पेश्की रहेको छ।

जिल्लाको भित्रि मधेशमा रहेको परशुराम नगरपालिकामा ८ लाख ६४ हजार असुल गर्नु पर्ने, ५९ लाख ६९ हजार अनियमित, १७ लाख ४९ हजार प्रमाण कागजात पेश नभएको र ८३ लाख ६५ हजार पेश्की रहेको छ।

यसैगरि आर्थिक वर्ष २०७३र२०७४ अथवा स्थानीय निर्वाचन सम्पन्न भएको आर्थिक वर्षमा अजयमेरु गापाको १ लाख ५२ हजार, आलितालको ११ लाख ८० हजार, अमरगढी नगरपालिकाको ७० लाख ५० हजार १ सय ५०, भागेश्वर गाउपालिकाको १ लाख ९ हजार तिन सय, गन्यापधुराको १ लाख १९ हजार २ सय ५०, नवदुर्गा गाउपालिकाको ३ लाख २७ हजार ४ सय ५० र परशुराम नगरपालिकाको १७ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनमा छ ।