ट्रम्प भन्छन्, ‘डिभी चिट्ठा बन्द गर्नु पर्छ’

कार्तिक १६, (वासिन्टनडिसी)—अमेरिका जाने सपना बुनेकाहरुका लागि ईडिभि गतिलो माध्यम बनेको थियो । अहिले राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि भने अमेरिकामा डिभी चिट्ठा पर्ने नागरिकलाई असहज पारेका छन् । उनले डिभी भरेर अमेरिका आएका विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिन नहुने बताएका छन् । अमेरिकामा अपराधिक गतिविधि यिनै बाहिरबाट आएका व्यक्तिले गरेको उनको आरोप छ ।
मंगलबार न्युयोर्कमा ८ नागरिकको ज्यान गएको र यस्तो हमला गर्नेमा डिभी प्रणालीबाटै आएका अमेरिकी नागरिक भएको उल्लेख गरेका छन् । त्यसैले डिभी प्रणाली खारेज गर्नु पर्ने डोनाल्डको विचार छ । उनले यो कुरा मन्त्री परिषद् सम्म पुगेको र अमेरिकी अधिकारीलाई समेत आह्वान गरेको टुवीटर मार्फत जनाएका छन् ।