ट्रम्पविरुद्धको महाभियोगमाथि सदनमा सुनुवाइ सुरु

माघ ८, काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगमा संसद्को माथिल्लो सदनमा सुनुवाइ सुरु भएको छ ।

सदनमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेलले प्रमुख साक्षी या दस्तावेजलाई रोक्न चाहन्छन् भने डेमोक्रेट्सले भने यसो गर्दा ढाँकछोप गर्ने कुरा हुने बताएको छ । डेमोक्रेट्स महाभियोगमा सुनुवाइसम्बन्धी नियममा परिवर्तन चाहन्छ ।

राष्ट्रपति ट्रम्पमाथि युक्रेनको विषयमा आफ्नो शक्ति दुरुपयोग गरेको र काङ्ग्रेसले उनको आचरणको जाँच गर्नबाट रोकिएको आरोप छ । ट्रम्पले भने यी आरोपलाई निराधार बताउँदै आएका छन् ।

न्यायाधीशहरुले हप्तामा ६ दिन र दैनिक ६ घण्टा सुन्नेछन् । यो सुनुवाइ यूएस चिफ जस्टिससमक्ष हुनेछ ।   अमेरिकी इतिहासमा राष्ट्रपतिले महाभियोगको सामना गरेको यो तेस्रो पटक हो ।