टाउको दुख्दा यी घरेलु उपाय अपनाउनु भयो भने आराम पाउनुहुन्छ

असोज ८,काठमाडौं— धेरै मानिसलाई टाउको दुख्ने समस्या आउँछ । कहिले दिनभरि काम गर्दा, तनाव लिँदा र सही आहार नलिँदा त कहिले रोगको कारण । दुखाईबाट मुक्ति पाउनका लागि धेरै मानिस एलोपेथिक औषधि खान्छन् ।
तर टाउको दुख्ने समस्या निको पार्न घरैमा उपलब्ध सामग्रीहरू पनि छन् ।

आईस प्याकले टाउको सेक्नुभयो भने शिरका मांसपेशीहरूलाई आराम पुग्छ र टाउको दुख्न छोड्छ ।

एक गिलास मनतातो पानीमा कागती निचोरेर पिउनुभयो भने तनाव भाग्छ र टाउको दुखाइ पनि नियन्त्रणमा रहन्छ ।

एक चम्चा दालचिनीको धूलोमा अलिकति पानी हालेर पेस्ट बनाउनुस् । अनि त्यसको लेप टाउकोमा लगाउनुस् । त्यसलाई २० मिनेटपछि धुनुस् । टाउकोदुखाइ भाग्छ ।

अलिकति चन्दनको धूलोलाई पानीमा भिजाएर पेस्ट बनाउने अनि आधी घन्टापछि धुने गर्दा पनि टाउको दुख्न बन्द हुन्छ ।

नरिवलको तेलले १० मिनेटसम्म मसाज गर्दा मांसपेशीलाई आराम हुन्छ र टाउको दुख्न छोड्छ ।

सातवटा लसुनका पोटीलाई आधा गिलास पानीमा उमालेर पिउँदा तनाव हट्छ अनि टाउकोदुखाइ नियन्त्रणमा रहन्छ ।

बदामको तेलले टाउकोमा १५ मिनेटसम्म मसाज गर्दा मूड फ्रेश हुन्छ र टाउको दुख्दैन ।

एक कप पानीमा अदुवाको सानो टुक्रा हालेर उमाल्नुस् अनि मनतातो भएपछि चिया पिएजसरी पिउनुस् । ठीक हुनुहुनेछ ।

एक गिलास पानीमा एक चम्चा जीरा मिसाएर पिउनुस् । यसो गर्दा रक्तसञ्चार राम्रो हुन्छ र टाउको दुख्न छोड्छ ।

एजेन्सी