झम्सिखेलमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा सञ्चालनमा

असोज १३, काठमाडौं – महालक्ष्मी विकास बैंक लि. ले ललितपुर महानगरपालिका वडा नं ३, स्थित झम्सिखेल शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले समुद्धघाटन गरे । समुद्धघाटन कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष राजेश उपाध्याय,एसएसपी टेक प्रसाद राई, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।