जापानमा आँधीका कारण २५ को मुत्यु, १७ जना बेपत्ता

असोज २७, एजेन्सी – जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ’हागिबिस’ नामक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको छ।

जापान सरकारले उद्धारका लागि दशौं हजार सैनिक तथा उद्धारकर्ता खटाएको छ। जापानी टेलिभिजन ’एनएचके’का अनुसार आँधीपछि करिब १७ जना बेपत्ता भएका छन् ।

आँधीले शनिबार राजधानी टोकियोमा बढी क्षति पुयाएको र आँधी उत्तरतर्फ अघि बढेको जापानका मौसमविद्हरुले बताएका छन्।

आँधीसँगै भएको वर्षाका कारण धेरै नदीहरूमा बाढी आएको र नदीको पानी बस्तीहरूमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो।