जर्मन बुन्डेस लिगा अप्रिल ३० सम्म स्थगित

चैत १३, एजेन्सी जर्मन बुन्डेस लिगा फुटबल आगामी अप्रिल ३० सम्मका लागि स्थगित भएको छ ।

कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै जर्मन फुटबल लिगले बुन्डेस लिगा आगामी अप्रिल ३० सम्म स्थगित गर्ने निर्णय गरेको हो ।
यस्तै दोस्रो डिभिजनको लिग समेत अप्रिल ३० सम्म स्थगित गरिएको जर्मन फुटबल लिगले जनाएको छ ।

कोरोनाको कारण यस अघि बुन्डेस लिगा आगामी अप्रिल २ सम्मका लागि स्थगित गरिएको थियो । तर, कोरोनाको प्रकोप कायम रहेपछि अप्रिल अन्तिमसम्म लिग बन्द गर्न लागिएको हो ।

चीनबाट फैलिएको कोरोनाको महामारीले जर्मनी समेत प्रभावित भएको छ ।