जगदम्बा मोटर्सले टीभीएस एनटर्क रेस एडिसन सञ्चालन गर्ने

माघ ८, काठमाडौं – नेपाल का लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस एनटर्क रेस एडिसन सञ्चालन गर्ने भएको छ ।

यहि माघ १० गते टिभीएस शोरुम चितवन नारायणगढको मलाश्री मोटर्समा टीभीएस एनटर्क रेस एडिसन हुने भएको हो ।

टीभीएसमा हजार्ड लाइट अर्थात आकष्मिक बत्ति पनि छ, जसलाई रातो रङको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिक्ससँगै ‘रेस एडिसन’ ले यसको रेसिङ पेडिग्रीलाई झल्काउछ ।
सो स्कुटर विभिन्न तीन रंगमा उपलब्ध हुनेछ । यसको मूल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन नगरिएको बताइएको छ । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड इन्जिन रहेको छ ।

यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट एक्सकनेक्टद्वारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।