चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा

साउन १२, एजेन्सी – लण्डन क्लब चेल्सी र म्यानचेस्टर युनाइटेड अर्को सिजनको च्याम्पियन्स लिगका लागि छानिएका छन् ।

प्रिमियर लिगअन्तर्गत भएका अन्तिम चरणको खेलमा जित निकाल्दै चेल्सी र युनाइटेड च्याम्पियन्स लिगका लागि छनोट भएका हुन् ।

च्याम्पियन्स लिगको दौडमै रहेको लेस्टर सिटीलाई २(० ले पराजित गरी म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको ढोका खोल्यो । युनाइटेड अंक तालिकाको तेस्रो स्थानमा छ ।

यसैगरी, वल्भ्समाथि २(० को जित निकालेको चेल्सी चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छानियो ।
युनाइटेड र चेल्सीले समान ६६ अंक जोड्दा लेस्टर ६२ अंकसहित पाँचौ स्थानमा रह्यो ।