चेल्सी अघिल्लो चरणमा प्रवेश

माघ १२, काठमाडौं –लण्डन क्लब चेल्सीले एफ ए कपको चौथो चरणमा हल सिटीलाई पराजित गरेको छ ।  शनिबार राति भएको खेलमा चेल्सीले हल सिटीमाथि २–१ को जित निकालेको हो ।

जितसंगै चेल्सी एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । बत्सुवाईले पछिल्ला १४ खेलमा पहिलो गोल गर्न सफल रहे । उनले चोटग्रस्त टमी अब्राहमलाई स्थानान्तरण गर्दै लण्डन क्लबको जर्सीमा मैदान उत्रिएका थिए ।